सिके राउतको बन्द आह्वानको आंशिक प्रभाव

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १४ : ४६
सिके राउतको बन्द आह्वानको आंशिक प्रभाव

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार प्रदेश २ का ६ जिल्लामा यातायात बन्दको आह्वान गरेकाे छ । तर बन्दकाे आंशिक प्रभाव परेको छ । रौतहटबाहेक कुनै पनि जिल्लामा बन्दको प्रभाव नरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका आठवटै जिल्लाका उद्योग कलकारखाना, शैक्षिक संस्थानहरू पूर्ववत् रूपमा सञ्चालनमा रहेका छन् । रौतहटमा मात्रै २० प्रतिशत बजार बन्द रहेकाे प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यातायात सबै जिल्लामा सुचारु रहे पनि रौतहटमा २०, सर्लाहीमा २० र धनुषामा ५ प्रतिशत मात्रै प्रभावित रहेको प्रहरीकाे भनाइ छ ।

सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बिउ स्थानीय किसानलाई वितरण नगरेको र किसानहरूले जबर्जस्ती आफै लगेपछि प्रहरीले चारजना किसानलाई पक्राउ गरेको थियो । सो घटनालाई लिएर जनमत पार्टीले चार दिनदेखि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस