दार्चुला । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् । भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । नेकपा दार्चुलाका सचिव भरत मल्लले ताला लगाइएको पुष्टि गरे ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएको उनले बताए ।एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपालीको नागरिकता तथा खोपकार्ड माग्ने गरेका छन् ।
नाम, नागरिकता नम्बर, बुबाको नाम लगायतका व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ । लाइन लगाएर नेपाली नागरिकको खानतलास गर्नु एसएसबीको दुःख दिने नियत मात्रै भएको नेकपा दार्चुलाका सदस्य भुवन जोशीले बताए ।
प्रहरीले भने सीमापुलमा तालाबन्दी नभएको दाबी गरेको छ । सीमापुल निर्धारित समयमै खोलिएको र तालाबन्दी नभएको पुलघाट प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक भरतसिंह बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ पुस २०७८, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर