काठमाडौँ । मुड्केचुला-७ गारापारीमा लु३त २६२५ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मुड्केचुला-७ का ५० वर्षीय जंगे सार्की रहेका छन् । त्यस्तै घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका-५ का १९ वर्षीय लक्ष्मण न्यौपाने, मुड्केचुला-९ होर्तमा लंकु बुढा रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक बेपत्ता भएको प्रहरीले जनाएको छ । जुम्लाबाट सर्मी आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ पुस २०७८, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते