जापानमा अनौठो बस सेवा शुरु, रेलवे ट्रयाकमा पनि कुद्नसक्ने

एजेन्सी

आइतबार, ११ पुस २०७८, १५ : ५४
जापानमा अनौठो बस सेवा शुरु, रेलवे ट्रयाकमा पनि कुद्नसक्ने

यो बस हो, यो रेल हो, यो दोहोरो काम गर्ने (डीएमभी) सवारी साधन हो । जापानले विश्वकै पहिलो दोहोरो भूमिका भएको सवारी साधन बनाएको छ, जुन सडक र रेलको लिकमा दुबैमा कुद्न सक्छ । 

यो जापानको टोकुसिमा परफेक्चरको काईयो बस्तीमा शनिबारदेखि गुड्न थालेको छ । डीएमसी मिनिबस जस्तो देखिन्छ र सामान्य खालको रबरको टायरमा सडकमा गुड्छ । तर यो जब आन्तरिक परिवर्तनको समयमा आइपुग्छ स्टिलको पाङ्ग्रा रेलको ट्रयाकमा आफसेआफ बस्न जान्छ । यसले प्रभावकारी रूपमा रेलको लिकमा आफूलाई सेट गर्छ ।

प्रतिक्रिया दिनुहोस