काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४३ अंकले बढेर बन्द भएको छ ।यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४३ अंकले बढेर बन्द भएको छ । साताको चार कारोबार दिनमा नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढीले बढेर बन्द भएको हो । यही साता उद्यौली/उभौली पर्व परेकाले एक दिन नेप्से बन्द थियो ।
गत साताको बिहीबार २३ सय ७६ अंकमा बन्द भएको थियो । जुन, यो सातामा आएको उत्साहजनक बृद्धिसँगै २५ सय २० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । चार कारोबार दिनमध्ये तीन कारोबार दिन परिसूचक उकालो लागेपछि ठूलो सुधार आएको हो ।
अर्थ मन्त्रालयले स्थानीय तहमा जाने कूल बजेटको ८० प्रतिशत बजेटलाई बैंकिङ प्रणालीमा तरलताका रुपमा गणना गर्ने निर्णय लिएको थियो । यस्तै, केन्द्रीय बैंकले बढ्दो आयात रोक्दै मुद्रा विदेशिनबाट रोक्न आयात कडाइको नीति लिएको थियो । यही दुई कारणले बैंकमा तरलता बढ्ने अनुमानसहित लगानीकर्ताले बजारमा लगानी बढाएपछि सूचक माथि उक्लिएको हो ।
यो सातामा कारोबार रकम पनि सुधारिएको छ । साताको चार दिनमा १३ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ । यो दैनिक औसत साढे तीन अर्ब हाराहारीको कारोबार हो । गत साताको पाँच दिनमा दैनिक औसतमा ३ अर्ब २० करोडको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक