काठमाडौं । रूसका राष्ट्रपति भ्लादमिर पुटिनले नेटोको विस्तारका बारेमा पश्चिमा देशले रुससँग झुट बोलेको आरोप लगाएका छन् ।
हरेक वर्ष आयोजना गर्ने गरिएको वार्षिक प्रेस कन्फरेन्समा पुटिनले अमेरिकासँग सुरक्षा ग्यारेन्टीको मागबारे छलफल भएको र त्यसमा सकारात्मक प्रगति भएको बताए । पछिल्लो समय रूस र पश्चिमी देशबीच युक्रेनलाई लिएर चर्काचर्की चलिरहेको छ ।
पश्चिमी देशहरुले रुसले युक्रेनसँग जोडिएको आफ्नो सीमा ठूलो संख्यामा सैनिक तैथानी गरेको र युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन् ।
एक प्रश्नको जवाफमा पुटिनले युक्रेनको तर्फबाट उत्पन्न खतराको जबाफ रुसले दिइरहेको बताए । पुटिनले युक्रेनको अमेरिकासँग कस्तो कुराकानी भइरहेको भन्ने विषयले भन्दा पनि उ माथिको कारबाही देशको सुरक्षामाथि निर्भर रहने स्पष्ट पारे । पुटिनले पूर्वतिर नेटोको विस्तार हुन नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ पुस २०७८, २१ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले पुटिनलाई किन भने ‘पागल’ ?
पुटिनद्वारा युक्रेनसँग 'प्रत्यक्ष वार्ता' को आह्वान गरे, १५ मेको मिति प्रस्ताव
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक
पुटिनसँग भेट्न जेलेन्स्कीको सर्त
युक्रेनको विषयमा वार्ताका लागि रुस तयार: पुटिन
सी र पुटिनबीच भिडियो वार्ता