काठमाडौं । रूसका राष्ट्रपति भ्लादमिर पुटिनले नेटोको विस्तारका बारेमा पश्चिमा देशले रुससँग झुट बोलेको आरोप लगाएका छन् ।
हरेक वर्ष आयोजना गर्ने गरिएको वार्षिक प्रेस कन्फरेन्समा पुटिनले अमेरिकासँग सुरक्षा ग्यारेन्टीको मागबारे छलफल भएको र त्यसमा सकारात्मक प्रगति भएको बताए । पछिल्लो समय रूस र पश्चिमी देशबीच युक्रेनलाई लिएर चर्काचर्की चलिरहेको छ ।
पश्चिमी देशहरुले रुसले युक्रेनसँग जोडिएको आफ्नो सीमा ठूलो संख्यामा सैनिक तैथानी गरेको र युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन् ।
एक प्रश्नको जवाफमा पुटिनले युक्रेनको तर्फबाट उत्पन्न खतराको जबाफ रुसले दिइरहेको बताए । पुटिनले युक्रेनको अमेरिकासँग कस्तो कुराकानी भइरहेको भन्ने विषयले भन्दा पनि उ माथिको कारबाही देशको सुरक्षामाथि निर्भर रहने स्पष्ट पारे । पुटिनले पूर्वतिर नेटोको विस्तार हुन नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ पुस २०७८, २१ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी