रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०२ जेठ २०८३, १३ : ४९
रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले शनिबार जनाएको छ ।

भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ ।

पुटिन र सीले “प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरूमा पनि विचार आदान–प्रदान गर्ने र वार्ता पछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।   

भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भए पछि पुटिनको भ्रमणको घोषणा भएको जनाइएको छ । भ्रमणले युक्रेन–रुस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भुमिका खेल्ने अपेक्षा गरिएको छ । 

चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस