काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सभाको बैठक आज पनि अवरोध गरेको छ । वर्तमान राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले मन्त्रालय फुटाएर ८ बाट १४ पुर्याएको तथा विगत सरकारका योजनाहरु कटौती गरेको भन्दै संसद बैठक अवरोध गरेका हुन् । उनीहरुले यस विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।
बिहीबारको बैठकमा प्रदेश पर्यटन विधेयक र प्रदेश उच्च शिक्षा विधेयकलाई अन्तिम रुप दिने कर्यसुची थियो । साथै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले केही प्रदेश ऐन संशोधनका लागि पेश गर्ने बिहीबारको कार्यसुची भएपनि एमालेको अवरोधका कारण बैठक चल्न सकेन ।
वैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । सभामुमख सानुकुमार श्रेष्ठले उनीहरुलाई पटक पटक बस्न आग्रह गर्दा समेत विरोध गरिरहे । ‘विना कारण आर्थिक भार थप्ने गरी मन्त्रालय फुटाइएको छ । हामीले यसको जवाफ मागिरेहका छौ, तर मुख्यमन्त्री मुख्यमन्त्री बैठकमै नआउने र बैठकबाट भागेर हिड्ने गरिरहनुभएको छ ।यस्तो गर्न पाइदैन । सदनमा आएर उहाँले जवाफ दिनुपर्छ’, एमाले सांसद तथा पुर्व मन्त्री केशवराज पाण्डेको भनाइ छ । एमाले अवरोधका कारण बैठक अघि नबढेपछि सभामुख श्रेष्ठले अर्को सुचना नआएसम्म बैठक स्थगित भएको सूचना पढेर सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ पुस २०७८, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं