काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
यसअघि गत बिहीबारको बैठक पनि एमालेले अवरुद्ध बनाएको थियो । सभामुखको भूमिका र एमालेबाट विभाजित भई गठन भएको एकिकृत समाजवादीका सांसदलाई लिएर संसदको नवौँ अधिवेशनदेखि नै एमालेका सांसदहरूले लगातार नाराबाजी गर्दै आएका छन् ।
आजको बैठकमा सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् । कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ पुस २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग