काठमाडौं । साताको पहिलो कारोबार सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । सार्वजनिक बिदाका कारण आइतबार शेयर बजार बन्द रहेको थियो । सोमबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको थियो ।
दिनभर देखिएको तीव्र उतारचढावपछि नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २ हजार ३ सय ५८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकमा गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन ।
दिनभर भएका ३७ हजार ३ सय ६७ कारोबारबाट २३१ कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६३ रुपैयाँमा रोकिएको छ । बजार घटेपनि गुहेश्वरी फाइनान्स, हिमालय डिस्टीलरी, कृषि विकास बैंक लिमिटेड लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे