कोरोना अपडेट : थप २२० जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, १६ : २३
कोरोना अपडेट : थप २२० जनामा संक्रमण पुष्टि,  १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ७२५ र एन्टिजेन विधिबाट १ हजार ४१६ जनामा परिक्षण गर्दा २२० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २५ हजार ९५४ र एन्टिजेनबाट ९५ हजार ९८३ जना पुगेको छ ।  

यस्तै, आज थप २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार १५५ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस