आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

सफल खबर संवाददाता

सोमबार, ०५ पुस २०७८, ११ : ३७
आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ । 

युरोपियन यूरो आज एकको खरिद दर १३६ रुपैयाँ ५१ पैसा र बिक्री दर १३७ रुपैयाँ १९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८७ पैसा र बिक्री दर १६१ रुपैयाँ ६६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९५ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६३ पैसा छ । 

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६८ पैसा र बिक्री दर १० रुपैयाँ ७३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ५ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ३५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ २४ पैसा र बिक्री दर १० रुपैयाँ ३० पैसा कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस