काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को ८ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो ।
समायोजनपछि एचआईडीसीएलको मूल्य २४८ रूपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रूपैयाँ कायम भएको छ ।
नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । गत विहीबार एचआईडीसीएलको सेयर प्रतिकित्ता २६८ रूपैयाँ २० पैसा र साना किसानको एक हजार ४७० रूपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे