काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतगणना हुनेछ ।
महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् । महत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार छन् ।
यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ पुस २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
आज काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै