काठमाडौं । नयाँ बानेश्वरमा संसद भवन घेर्न गएको एमसीसी बिरोधकर्ता र प्रहरीबीच झडप भएको छ । माइतीघरबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर पुगेको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
प्रहरीले भने प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि बल प्रयोग गरेको बताएको छ । प्रदर्शनको नेतृत्व विभिन्न आठ वटा राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका केन्द्रीय सदस्य माइला लामाले गरेका हुन् ।
एमसीसीविरुद्धको संयुक्त संघर्ष समितिको आयोजनामा भएको आजको प्रदर्शनमा नेपाल नागरिक अभियानका सचिव हरिहर घिमिरे, सामाजिक अभियन्ताहरु मनिष श्रेष्ठ, विनयजंग बस्नेत, हेमराज थापालगायतको सहभागिता रहेको बताइन्छ ।
झण्डै पाँच सय जनाको सहभागितामा प्रदर्शनकारीले २ बजे बोलाइएको संसद बैठक रोक्ने र संसद भवन घेर्ने भन्दै नारा लगाएका थिए । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि पुगेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली
एमसीसी सम्झौताआजदेखि पूर्णरुपमा लागू, अमेरिकाद्वारा व्याख्यात्मक घोषणा स्वीकार