लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, १० : ४०
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । लमजुङको मर्स्याङ्दी आसपासको क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
  
यो १२ वैशाख २०७२ मा गएको बिनासकारी भूकम्पकै पररकम्प भएको केन्द्रको भनाई छ। भूकम्पको धक्का लमजुङसँगै आसपासका जिल्लाहरुमासमेत महसुस गरिएको थियो। 
 

प्रतिक्रिया दिनुहोस