एमबाप्पेको दुई गोलले निकाल्यो पिएसजीको जित

एजेन्सी

सोमबार, २७ मंसिर २०७८, ०९ : ०२
एमबाप्पेको दुई गोलले निकाल्यो पिएसजीको जित

एजेन्सी । युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजीं) ले घरेलु मैदानमा मोनाकोमाथि २–० अन्तरको जित निकालेको छ ।

आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो । 

खेलको १२औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोल गरे । ४५ औं मिनेटमा एमबाप्पेले दोहोरो अग्रता दिलाए । जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ ।  पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा  छ ।

प्रतिक्रिया दिनुहोस