त्रिशूली (नुवाकोट) । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताएका छन् ।
निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
“वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन अनुरोध छ”, देशभर निर्वाचनको वातावरण बनेको बताउँदै गृहमन्त्रीले भने ।
मौसम पूर्वानुमान गर्ने निकाय र विज्ञहरुबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी प्राप्त भएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०८२, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन सुशासन कायम गराउन सफल भयो’ : गृहमन्त्री अर्याल
‘मतपेटिका ल्याउँदा सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ’ : गृहमन्त्री अर्याल
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता
‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो’ : गृहमन्त्री अर्याल
धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री अर्याल
निर्धक्क भएर फागुन २१ को मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आग्रह