काठमाडौं । नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक लाभ (डिभिडेन्ड) लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ बाटो अपनाएको बताउनुभएको छ ।
उहाँले यो निर्वाचन पार्टीले खोजेको नभई घटनाक्रमले पार्टी र देशलाई नयाँ स्थितिमा ल्याएको उल्लेख गर्दै काँग्रेसले आफूलाई ‘नयाँ’ बनाएर आएको र अब देशलाई पनि बदल्ने संकल्प गरेको बताउनुभएको हो । यो निर्वाचनले काँग्रेस र देशलाई नयाँ जिम्मेवारीको ठाउँमा ल्याएको उल्लेख गर्दै पार्टीले आफूलाई पूर्ण रूपमा ‘बदलेर’ आएको र अब देशलाई पनि बदल्ने दृढ संकल्प व्यक्त गर्नुभयो । उहाँले विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले काँग्रेसलाई मूल्य–मान्यता (स्वतन्त्रता र समानता) को निरन्तरता दिँदै समयसापेक्ष परिवर्तन अपनाएको बताउनु भयो । नयाँ काँग्रेस’ ले अब सिद्धान्तसँग सम्झौता नगरी सरकार पनि नचाहने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने, संस्थाहरूलाई पवित्र बनाउने र राष्ट्रिय स्वार्थमा आधारित ‘मिलाउने तथा सम्हाल्ने’ शक्तिको रूपमा उभिने प्रतिवद्धता जनाउनु भयो ।
भदौ २३–२४ का घटनाः इन्कार र लाभको प्रवृत्ति अस्वीकार
गगन थापाले भदौ २३ र २४ गतेका घटनालाई ‘डिनायल’ (केही भएको छैन वा षड्यन्त्र हो भन्ने) र ‘डिभिडेन्ड खाने’ (आगोमा तेल हाल्ने गरी उत्तेजना फैलाएर लाभ लिने) दुई घातक प्रवृत्ति देखिएको बताउनु भयो । नेपाली काँग्रेसले यी दुवैबाट टाढा रहने निर्णय गरेको उहाँको भनाइ छ । पार्टीले सत्य स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ पूरा गर्ने बाटो अपनाएको छ ।
नागरिकको रिस र असन्तुष्टिः भाग्ने होइन, सुन्ने र मनन गर्ने
भदौ २२ देखि नै देश ठिकठाक नभएको र नागरिकहरूले आफ्नै मन पराएका दल, नेता तथा नेतृत्वप्रति रिस पोखेको उनले उल्लेख गर्नुभयो । काँग्रेसले यो रिसलाई सुन्ने, बुझ्ने, ग्रहण गर्ने र आफ्ना कमजोरीमाथि प्रश्न उठाउने तर हिंसा र ध्वंसलाई पनि दण्ड दिनुपर्ने बताउनु भयो ।
नयाँ काँग्रेसः कन्टिन्युटी एण्ड चेन्ज
विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले काँग्रेसलाई ‘नयाँ’ बनाएको छ । उहाँकाअनुसार यो नयाँ जन्मेको होइन, पुरानो मूल्य–मान्यता (स्वतन्त्रता र समानता) लाई रिन्यु गर्दै समयअनुसार परिवर्तन अपनाएको हो । बीपी, गणेशमानजस्ता नेताहरूको विरासतलाई निरन्तरता दिँदै खराब अभ्यास छोड्ने र आधुनिक, स्मार्ट, एफिसिएन्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकारभन्दा बढी मूल्य र सिद्धान्त
काँग्रेसले सिद्धान्तसँग सम्झौता गरेर सरकार पनि नचाहने स्पष्ट गरेको छ । गठबन्धनलाई ‘ठगबन्धन’ को रूपमा चित्रण गर्दै संस्थाहरूको दलीयकरण रोक्ने, अख्तियार, अदालत, अड्डालाई पवित्र बनाउने र भागबन्डा नगर्ने प्रतिवद्धता थापाको छ ।
भ्रष्टाचारविरुद्ध महाअभियान र संस्थागत सुधार
भ्रष्टाचारलाई समाजको सबैभन्दा ठूलो रोग भन्दै उहाँले काँग्रेसले माथिदेखि तलसम्म यसविरुद्धको महाअभियान चलाउने बताउनु भयो । संस्थाहरूलाई बलियो बनाएर, प्रणाली सुधारेर भ्रष्टाचार नियन्त्रण गर्ने र संविधानको अभ्यास गर्ने जोड दिनुभयो ।
राष्ट्रिय स्वार्थ र जोड्ने शक्ति
काँग्रेसलाई ‘मिलाउने फोर्स’ र ‘मोडरेट फोर्स’ को रूपमा प्रश्तुत गर्दै महामन्त्री थापाले अविश्वासलाई विश्वासमा बदल्ने, देशलाई सम्हाल्ने र विकासको नयाँ अध्याय शुरु गर्ने संकल्प गर्नुभयो । फागुन २१ पछि फेरि भदौ २३–२४ जस्ता घटना नदोहोरिने ग्यारेन्टी काँग्रेसले मात्र दिनसक्ने दाबी गर्नुभयो ।
मतदातासँगको अपिलः घर–घर अभियान
सबै कार्यकर्तालाई घर–घर, टोल–टोल पुगेर काँग्रेस बदलेको सन्देश पु¥याउन आग्रह गर्नुभयो । पुराना मतदाता, रिसाएका युवा तथा नयाँ पार्टीतिर लाग्नेलाई समेत संवाद गरेर रुखमा भोट हाल्न आह्वान गर्नुपर्ने बताउनु भयो । पार्टीका महामन्त्री प्रदीप पौडेललाई ‘जिम्मेवार विद्रोही’ को संज्ञा दिँदै उहाँको योगदानको प्रशंसा गर्नुभयो ।
बदलिएको काँग्रेस, बदलिने देश
गगन थापाले भन्नुभयो, ‘हामीले काँग्रेस बदलेर आएका छौं, अब यसले देशलाई पनि बदल्छ ।’ यो निर्वाचनमा काँग्रेसले मूल्य, सिद्धान्त र राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिँदै जनतासमक्ष नयाँ संकल्प लिएर गएको उहाँको भनाइ छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०८२, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छ : गगन थापा
शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : गगन थापा
मधेश काँग्रेसको जन्मभूमि हो: गगन थापा
म भाग्ने मान्छे होइन, फेरि सभापति बन्नुछ: गगन थापा
उम्मेदवार चयनमा कमजोरी भएको गगनको स्वीकारोक्ति
सानेपा पुग्दै सभापति गगनसहितका पदाधिकारी