काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चुनाव जित्नकै लागि रुकुम पूर्व नगएको जिकिर गरेका छन् । सिन्धुली पुगेका संयोजक प्रचण्डले सिन्धुली, महोत्तरी, नुवाकोटबाट लडेको भएपनि आफूले सहजै चुनाव जित्ने आधार बनेको उनले बताए ।
राष्ट्रियसभा चुनावमा काँग्रेससँग मिलेर आफूहरूलाई आउट गरेपछि प्रतिनिधि सभामा पनि गठबन्धन गर्ने गरी एमालेबाट आएको प्रस्तावको कुरा नमिलेको उनले बताए।
‘राष्ट्रिय सभाका सदस्यको निर्वाचन हुनु अगाडि कुरा हो। यो प्रस्ताव हाम्रो थिएन फेरि, काँग्रेस र एमालेबाट केही शीर्ष नेताहरूको हकमा हामीले उनीहरूलाई चुनाव जिताउने ढंगले केही सिट एडजस्ट गर्नुपर्छ भन्ने उनीहरूको थियो। हामीले त्यसमा सैद्धान्तिक रूपले अस्वीकार पनि हामीले गरेका थिएनौँ, स्वीकार गरेका पनि थिएनौँ,’ उनले भने ,‘नेपाली कम्युनिस्टलाई आउट गर्ने बाटो पक्रिनुभयो उहाँहरूले।’
उनले राष्ट्रियसभामै प्रयास विफल भएपछि प्रतिनिधिसभाको हकमा अघि बढ्न नसकेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०८२, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार