काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई देशै भरि जिताउन आह्वान गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन २ का मतदातासँग कुरा गर्दै उनले आफूहरू एक,दुईजना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताए।
‘यस पटक चितवनलाई मात्र जिताएर भएन, देशै भरिलाई जिताउनु पर्ने अवस्था भएको हुनाले, यस पटक यो २ नम्बर क्षेत्रको चुनावको प्रचारकका रूपमा मैले आफ्नो प्रतिनिधिको रूपमा तपाईँहरूलाई अनुरोध गर्ने विचार गरेको छु,’ उनले भने, ‘कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ। पाँच वर्षको स्थायी सरकार यो देशले पाउँछ।’
उनले जनताको आदेश मानेर नै नयाँ शक्तिहरू एक ठाउँमा ल्याएर चुनावमा होमिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने