काठमाडौं । नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । आज बसेको क्यानको बोर्ड बैठकले पुबुदुको नाम पारित गरेको हो । सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका उनीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
नेपाली क्रिकेट र क्रिकेट खेलाडीका विषयमा राम्रो ज्ञान राखेका पुबुदुले क्रिकेट टोलीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । पुबुदु प्रशिक्षक भएकै समयमा नेपालले सन् २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । क्यानडा र अमेरिकाको प्रशिक्षकका रूपमा काम गरिसकेका पुबुदु प्रशिक्षकको रुपमा राम्रो अनुभव छ ।
ओमान भ्रमणका क्रममा डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको थियो ।त्यसको एक महिनापछि क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो ।
नेपाली टोलीको प्रशिक्षकमा ६० जनाले आवेदन दिएका थिए । क्यानले ६० बाट पहिलो चरणमा १५ जनालाई छान्यो । छानिएका १५ मध्येबाट पाँच प्रशिक्षक छनोट गर्दै अन्तर्वार्ता लिइयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेलको प्रतिक्रिया : 'हारबाट निराश छु, टिमप्रति गर्व छ'
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै