स्वार्थ पूरा नहुँदा मिडियाले खेदे : मन्त्री आले

सफल खबर संवाददाता

सोमबार, २० मंसिर २०७८, १७ : ४५
स्वार्थ पूरा नहुँदा मिडियाले खेदे : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्वार्थ पूरा नगरिदिँदा आफूलाई मिडियाले खेदेको दाबी गरेका छन् । आज सोमबार मन्त्रालयकै सभाहलमा आयोजित एक कार्यक्रममा आलेले राम्रो काम गर्दागर्दै पनि आफूलाई मिडियाले जस नदिएको बताएका हुन्। 

राम्रो काम गर्दा गर्दै पनि अहिले कता कता, कतिपय मानिसहरूले उनीहरूको व्यक्तिगत स्वार्थअनुसार काम नहुँदा विभिन्न मिडियामा देखाउने कामहरू गरिरहेका छन्, त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईंहरू आफैंले पनि बुझ्न सक्नुहुन्छ,’ मन्त्री आलेले भने, ‘पत्रकार साथीहरू पनि यहीँ हुनुहुन्छ । म आइसकेपछि मैले गरेका कामहरू राम्रा कामहरूको राम्रो न्यूज दिनुहोला । यदि मैले खराब काम गरेँ भने खराब भनेर लेख्नुहोला । म यो भन्दिनँ कि नराम्रो काम गरेकोलाई राम्रो भनिदिनुस् ।’

प्रतिक्रिया दिनुहोस