कमल थापाको रोदन : फाटेको मन केले सिउने ?

सफल खबर संवाददाता

आइतबार, १९ मंसिर २०७८, १८ : ३४
कमल थापाको रोदन : फाटेको मन केले सिउने ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापाले सोसल मिडियामार्फत गुनासो पोखिरहेका छन । 

मत गणनामा अध्यक्षमा पराजित भएको संकेत पाएपछि आइतबार विहानै ट्वीट लेख्दै थापाले पूर्व राजा ज्ञानेन्द्र शाहमाथि हमला गरेका थिए । राप्रपाको अधिवेशनमा निर्मल निवास हावी भएको उनको आरोप थियो । देश गणतन्त्रमय भएको अवस्थामा टाउको कफन बाँधेर राजतन्त्रको पक्षमा लाग्दाको परिणाम स्वरूप आफूलाई अध्यक्षमा हराइएको उनले बताएका थिए ।

दिउँसो फेरि ट्वीट लेखेर उनले पूर्व युवराज्ञी हिमानी शाहमाथि हमला गरे । शाहले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएकी थिइन । त्यसपछि, थापाले राजसंस्था पुनस्थापना हुने भएको भन्दै हिमानीलाई कटाक्ष गरेका थिए । थापा त्यतिमै रोकिएका छैनन् । आजै फेरि उनले तेस्रोपटक ट्वीटरमा कवि राजेन्द्र थापाको गीतलाई उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस