काठमाडाैं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्व पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको निक्षेपका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव मागेको छ ।
कुल निक्षेपमध्ये दुई अर्व ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी बुधबारसम्म व्याजदरसहितको प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
निक्षेप लिन बैंक सञ्चालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ५ प्रतिशतभन्दा कम रहेको, नाफामा रहेको, घरजग्गा कर्जा सिमाभित्र रहेको हुनुपर्नेलगायतका सर्तहरू तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ मंसिर २०७८, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी