काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो ।
बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ । आइतबार कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ मात्र रह्यो । आइतबार सबै समूहको परिसूचक ओरालो लाग्यो । यसमध्ये वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा सबैभन्दा धेरै घटुवा भयो ।
घट्दो बजारमा समेत आइतबार न्यादी हाइड्रोपावरका लगानीकर्ता भने मालामाल भए । यो कम्पनीको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो । यसबाहेक नयाँ सारथी लघुवित्त, मैलुङ खोला जलविद्युत, यूनिलिभर नेपाल, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले बढी कमाए ।
आइतबार आईसीएफसी, सबैको लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, पन्चकन्या माइ हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् । आइतबार नेशनल हाइड्रो पावर कम्पनीको सबैभन्दा बढी कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ मंसिर २०७८, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार