एमाले महाधिवेशन : उपाध्यक्षमा लोकप्रिय मत अष्टलक्ष्मी शाक्यले ल्याइन्, घनश्याम भुसाल पराजित

सफल खबर संवाददाता

मंगलबार, १४ मंसिर २०७८, १६ : १३
एमाले महाधिवेशन : उपाध्यक्षमा लोकप्रिय मत अष्टलक्ष्मी शाक्यले ल्याइन्, घनश्याम भुसाल पराजित

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन्।

CG Hills

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।
 

प्रतिक्रिया दिनुहोस