काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको मतदान अब बुधबार बिहान्मात्र सुरु हुने भएको छ । बुधबार बिहान् ८ बजेदेखि मतदान गर्ने गरी निर्वाचन समितिले फेरि निर्वाचन कार्यतालिका संशोधन गरेको छ । साँझ ७ बजेबाट मतदान हुने भनिएपछि महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि लाइन बसिसक्दा पनि बेलुकी ८ ः २० सम्म मतदान हुन नसकेपछि निर्वाचन समितिले मतदान बुधबार बिहान मात्र गर्ने गरी कार्यतालिकासंशोधन गरेको हो ।
कार्यतालिका शंसोधन अगाडी अध्यक्षका दुई प्रतिस्पर्धी केपी शर्मा ओली र इश्वर पोखरेलसँग निर्वाचन समितिले आवश्यक सरसल्लाह गरेको थियो । त्यही आधारमा बुधबार बिहान मात्र मतदान गर्ने गरी कार्यतालिका संशोधन गरेको निर्वाचन समितिले जनाएको छ ।
एमालेमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव