काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उलंघन भएको पाइएको छ ।
आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदानस्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो ।
एमालेको निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचारसामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने उल्लेख छ ।
तर एमालेको मतदान जारी हुँदै गर्दा केपी ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्नेबारे प्यानलको सूची नै वितरण गरेको पाइएको हो । एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र भिम रावलबीच भिडन्त छ भने मतदान गएराति देखि सौराहामा जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह