काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उलंघन भएको पाइएको छ ।
आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदानस्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो ।
एमालेको निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचारसामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने उल्लेख छ ।

तर एमालेको मतदान जारी हुँदै गर्दा केपी ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्नेबारे प्यानलको सूची नै वितरण गरेको पाइएको हो । एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र भिम रावलबीच भिडन्त छ भने मतदान गएराति देखि सौराहामा जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान भोली
एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता
एमालेको निर्वाचन तालिका सार्वजनिक
एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने
एमाले केन्द्रीय कमिटी बैठक सुरु