काठमाडौँ । बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन ।
दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । ट्र्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ मंसिर २०७८, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन