चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनाएको १९ जना पदाधिकारीको सूचीमा भीम रावल र घनश्याम भुषाललाई आउट गरिएको छ । नयाँ नेतृत्व चयनको सर्वाधिकार पाएका ओलीले गए राति पदाधिकारी सहित ३०१ जना केन्द्रिय सदस्यको नाम सुनाएका हुन् ।
ओलीले अध्यक्षमा आफैंलाई राख्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका हुन्। यसैगरी महासचिवमा दाबी गर्दै आएका विष्णु पौडेललाई उनले उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। प्रस्तावित अरु उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ छन्।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम ओलीले सुनाएका हुन्।
पदाधिकारीको सूचीमा लगातार ओलीको विरोध गर्दै आएका भीम रावल र घनश्याम भुसालको नाम छैन। सौराहामा भएको बन्द सत्रमा दुवै नेताले सर्वसम्मत निर्णय नमान्ने भन्दै विरोध गर्दै आएका छन् । ओलीको प्रस्ताव उपर आज मनोनयनपत्र दर्ता तथा निर्वाचनको कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह