काठमाडौं । नेपाल टेलिकमले अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङको ओडार भ्यु–प्वाइन्ट हेलिकप्टरबाट उपकरण ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरेको हो ।
ती टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ । सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका–२ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्गलगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको नेपाली टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको–४ का वस्ती र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लोलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।
त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्गलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका–४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रमा सेवा उपलब्ध भएको छ ।
गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिका–५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।
मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी अन्य तीन (तीन) दुर्गम र विकट स्थानमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिनेछ ।
हाल यी स्थानमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने छ । सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्नेछन् । तुलनात्मकरुपमा लगानी बढी हुने तर व्यावसायिकरुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानसमेतसमेतमा नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
मुलुकका अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपाय अपनाउँदै आएको थियो ।
पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्री डोकामा बोकेर लग्नुपर्ने अवस्थामा दूरसञ्चारका ठूला र गहङ्गा उपकरण कम्पनीले हेलिकप्टरबाट ढुवानी गनुपर्ने वाध्यता रही आएको छ । विगतमा जस्तै यस वर्षपनि हेलिकप्टरबाट उपकरण ढुवानी गरी कम्पनीले यस आर्थिक वर्षमा अति दुर्गम र विकट आठ आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ मंसिर २०७८, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको अफर : आकर्षक मूल्यमा भ्वाइस तथा डाटा प्याकेज
नेपाल टेलिकमले बन्द गर्यो कपर प्रविधिमा आधारित टेलिफोन सेवा, फाइबरमा स्तरोन्नति
एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा डाटा प्रयोग गर्न सकिने
नेपाल टेलिकमको 'ब्रान्ड एम्बेस्डर'मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त
नेपाल टेलिकमले गर्याे सस्तो दरमा डाटा रोमिङ सेवा सञ्चालन