कञ्चनपुर । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ ।
से४प ३३००८ नंको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका कैलाली उपमहानरपालिका–१ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–१० मालाखेती बस्ने वर्ष २१ का आशिष भाट, ओलानी बस्ने वर्ष २१ का नीरज बडैलालाई नेट्राभेट–१० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।
उनका अनुसार तीनै जनाले लागुऔषधसमेत सेवन गरेको अवस्थामा रहेका थिए । लागुऔषधसहित तीनै जनाको साथबाट तीन थान मोबाइल, नगद रकम रु एक हजार ४०० समेत बरामद गरिएको छ । लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
लागुऔषधसहित तीन जना पक्राउ
लागुऔषधसहित ४ जना पक्राउ
लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ