टर्कीले अर्कोवर्ष काठमाडौंमा दूतावास खोल्ने

सफल खबर संवाददाता

शनिबार, ११ मंसिर २०७८, १५ : ३०
टर्कीले अर्कोवर्ष काठमाडौंमा दूतावास खोल्ने

काठमाडौं । टर्कीले आगामी वर्ष नेपालमा आवासायी राजदूतावास स्थापना गर्ने भएको छ । यसै साता प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राजदूत फिरात सुनेलले सो जानकारी दिएका हुन् ।

सन् २०२२ मा नेपाल र टर्कीले द्विपक्षीय कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ मनाउँदैछन् । दूतावास स्थापनाको लागि टर्कीले प्रक्रिया पनि सुरु गरिसकेको जानकारी राजदूत सुनेलले दिए ।

प्रधानमन्त्री देउवालाई भेटेर आफूले सो जानकारी दिएको र द्विपक्षीय सम्बन्धलाई पनि थप बलियो बनाउनेबारे छलफल भएको उनले बताएका छन् । साथै, टर्कीले राजधानी अंकारामा समेत दूतावास स्थापना गर्न नेपाललाई आग्रह गरेको छ । ‘दुबै मुलुकमा एकअर्काको दूतावास खुल्न सके द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनसक्छ’ राजदूत सुनेलले नेपाली संचारकर्मीलाई बताए ।

प्रतिक्रिया दिनुहोस