काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन । उपाध्यक्ष रावलले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरि पार्टीको नीति अनुसार सन्चालन हुन आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
पार्टी नेतृत्व १० बुँदे सहमति कार्यन्वयनमा इमानदार नभएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै रावलले आगामी महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका हुन् ।
आफूले थापाथलीस्थित पार्टी कार्यालयबाट उम्मेदवारी दिने घोषणा गरे पनि महाधिवेशनको व्यस्तताका कारण पार्टी कार्यालय खाली नभएको महासचिवबाट जानकारी पाएकाले रिपोर्टस क्लबबाट उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
‘मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु ‘ रावलले भने, ‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ मंसिर २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै