काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्नामा बसेका नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल भएको हो ।
गत बिहीबार मात्र आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका थिए । कानुन व्यवसायीले सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिँदै आएका छन् भने प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरिरहेका छन् ।
बारले प्रधानन्यायाधीशविरुद्ध १४ कात्तिकदेखि प्रदर्शन गर्दै आएको छ । बारको निरन्तर आन्दोलनको कारण सयौँ नागरिकका मुद्धा ओझेलमा परेका छन् । मुद्दाको पेशी तोकिए पनि सुनुवाई हुन सकेको छैन । शनिबार पनि बारले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ मंसिर २०७८, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार