माओवादी केन्द्रनै देशको कम्युनिष्ट पार्टीको केन्द्र बन्छ : रेनु दाहाल

सफल खबर संवाददाता

शनिबार, ०४ मंसिर २०७८, १४ : ३७
माओवादी केन्द्रनै देशको कम्युनिष्ट पार्टीको केन्द्र बन्छ : रेनु दाहाल

चितवन । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी ईन्चार्ज  रेनु दाहालले माओवादी केन्द्रनै देशको कम्युनिष्ट पार्टीको केन्द्र बन्ने बताएकी छिन ।  माओवादी केन्द्र नै जनताको सुख दुखको पार्टी भएको  उनले बताईन । 

नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं ११ को वडा अधिवेशन समुद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।महान १० बर्ष जनयूद्द जनआन्दोलन बाट प्राप्त उपलब्धीहरूलाई संबिधान मार्फत नै स्थापना गर्ने भूमिका माओवादी र यसको नेतृत्वले गरेको बताईन । उनले संघियता ,धर्म निरपेक्षता,समाबेसी समानुपातीक प्रणालीका साथै सबै बर्ग,क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भब भएको भन्दै माओवादी हौ भन्न गर्ब लाग्ने बताईन् ।

भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले सॉढै चार बर्षको आफ्नो कार्यकालमा महानगरमा विकास कस्तो हुन्छ भनेर आफूले देखाएको बताईन । दाहालले भनिन्, 'म बोलेर मात्र होईन गरेर देखाउछु ।  तपाईहरुले देखिरहनु भएको छ विकास कति भयो, कस्तो भयो यसको मुल्याड्कन तपाईहरू आफै गर्नुहोसु'।

कार्यक्रममा बोल्दै उनले  भरतपुर–११ मा धेरै विकास निर्माणका कामहरु भइरहेको बताइन् । महानगरपालिकाको नेतृत्वमा आएपछिका तीन वर्षमा भरतपुर–११ मा मात्रै महानगरले १८ करोड बढी बजेट विनियोजन गरेर काम गरेको बताइन् । उनले वडा नं.११ लाई नै छोएर महानगरमा रिंगरोड, पीच सडक, लगायतका धेरै कामहरु भइरहेको भन्दै समग्र विकासको गतिले ढुक्क भएर महानगरले गरेको कामको प्रशंसा गर्न सकिने बताइन् ।

भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनिय कामहरू गरेका कारण पछिल्लो दिनहरूमा निजी विध्यालय छोडी सरकारी विध्यालयमा आर्कषण बढीरहेको उनले बताईन् ।स्वास्थ्य, पर्यटन, सामाजिक विकासका साथै शुसासन प्रवाह गर्न भरतपुर महानगरपालिका केन्द्रित भएको बताईन् ।सो अवसरमा प्रमुख दाहालले आफ्नै कार्यकालमा सुकुम्बासी ,भूमिहिन अबेवस्थ्त बसोबासीहरूको समस्या स्थाई रूपमै समाधान गरी काम अगाडि बढिरहेको समेत बताईन् ।उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई  एक ढिक्का बनाउन भएको एकतालाई अतिवादी प्रबृद्दीका के पी ओलिका कारण  सम्भब हुन नसकेको बताईन । 

उद्घाटन कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष इश्वर सापकोटा ‘सुमन’लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा सचिव जायश्वर आचार्यले संचालन गरेका थिए । माओवादी केन्द्रले आज चितवन लगाएत देशभरका ६, हजार ७ सय ४३ वडामा सम्मेलन गर्देै छ । 

प्रतिक्रिया दिनुहोस