बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०३ मंसिर २०७८, ०९ : ५८
बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

काठमाडौं । रामशाहपथ स्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलोज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले वकिलहरुलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका एसपी रमेस बस्नेतले जानकारी दिए । 

बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधी चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर मुख छाडेका थिए । प्रहरीका अनुसार पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस