काठमाडौं । रामशाहपथ स्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलोज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले वकिलहरुलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका एसपी रमेस बस्नेतले जानकारी दिए ।
बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधी चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर मुख छाडेका थिए । प्रहरीका अनुसार पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चमा गोलाप्रथा प्रणाली हटाए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
राजदूत फिर्ता बोलाउनु अदालतको अवहेलना हो : नेपाल बार
संसद विघटन असंवैधानिक : नेपाल बार
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल