काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेशसभा अधिवेशन हुँदैछ। देश संघीय व्यवस्थामा गएसँगै कांग्रेसले पहिलोपटक प्रदेशसभा अधिवेशन गर्दैछ। देशभर ३३० वटा प्रदेशसभा क्षेत्र रहेका छन्।
कांग्रेस विधानअनुसार प्रदेशसभा अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्। नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत सदस्य मनोनीत गर्नेछन्।
केही जिल्लामा कांग्रेसका वडा अधिवेशनसमेत हुन सकेको छैन। त्यसैले एकैपटक ३३० वटै प्रदेशसभा क्षेत्रमा अधिवेशन हुनेछैन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ मा अधिवेशन हुन नसकेका प्रदेशसभा क्षेत्रमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउने बताए।
उनका अनुसार आज प्रदेशसभा अधिवेशन उद्घाटन तथा उम्मेदवारी दर्ता हुनेछ। आज उम्मेदवारी निर्विरोध नभएका प्रदेशसभामा शनिबार मतदानमार्फत निर्वाचित गरिने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने