काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेशसभा अधिवेशन हुँदैछ। देश संघीय व्यवस्थामा गएसँगै कांग्रेसले पहिलोपटक प्रदेशसभा अधिवेशन गर्दैछ। देशभर ३३० वटा प्रदेशसभा क्षेत्र रहेका छन्।
कांग्रेस विधानअनुसार प्रदेशसभा अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्। नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत सदस्य मनोनीत गर्नेछन्।
केही जिल्लामा कांग्रेसका वडा अधिवेशनसमेत हुन सकेको छैन। त्यसैले एकैपटक ३३० वटै प्रदेशसभा क्षेत्रमा अधिवेशन हुनेछैन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ मा अधिवेशन हुन नसकेका प्रदेशसभा क्षेत्रमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउने बताए।
उनका अनुसार आज प्रदेशसभा अधिवेशन उद्घाटन तथा उम्मेदवारी दर्ता हुनेछ। आज उम्मेदवारी निर्विरोध नभएका प्रदेशसभामा शनिबार मतदानमार्फत निर्वाचित गरिने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने
काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
काँग्रेसको काठमाडौँ चुनावी सभा फागुन १७ गते तय, गगन र विश्वप्रकाशसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने