बारको धर्ना सुरू, प्रधानन्यायाधीशले तोके नौ इजलासमा २५९ मुद्दा

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, ११ : १६
बारको धर्ना सुरू, प्रधानन्यायाधीशले तोके नौ इजलासमा २५९ मुद्दा

काठमाडौं । नेपाल बार एसाेसिएसनका कानुन व्यवसायीको धर्नाका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन् । 

बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला प्रधानन्यायाधीश जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् ।आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् । 

१० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखित दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् । 

प्रतिक्रिया दिनुहोस