एजेन्सी । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् ।
यातायात र सुरक्षा सम्बन्धी बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ । सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।
दिवाली पर्वदेखि नै दिल्लीलाई विषाक्त धुवाँले ढाकेको छ । वायुको गुणस्तरको तह मापन गर्ने पीएम २।५ विश्व स्वास्थ्य संगठनको सुरक्षा निर्देशिकाभन्दा धेरै नै उच्च भएको छ । मंगलबार कतिपय स्थानमा वायु प्रदूषणको तह ४०० भन्दा धेरै पुगेको बताइएको छ, जुन गम्भीर अवस्था हो ।
एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार शून्यदेखि ५० सम्मको स्थितिलाई राम्रो र ५१ देखि १०० बीचकोलाई सन्तोषजनक मानिन्छ । वायु प्रदुषणका कारण केही विद्यालयहरू गत सातदेखि नै बन्द भएका थिए ।
दिल्ली सरकारले वायुको गुणस्तर सुधार गर्न लकडाउन गर्ने सोचिरहेको बताएको थियो । गाडिजन्य र औद्योगिक उत्सर्जन, धुलो र मौसमको अवस्थाको मिश्रित कारकहरूले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ मंसिर २०७८, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
हावाको गतिले घटायो वायु प्रदूषण
कहिले हट्छ काठमाडौँको वायु प्रदूषण ?
पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन