कोरोना अपडेट : थप ४१६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, १६ : ५२
कोरोना अपडेट : थप ४१६ जनामा संक्रमण पुष्टि,  १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५५४  र एन्टिजेन विधिबाट ४ हजार ८४८ जनामा परिक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १७ हजार ३३३ र एन्टिजेनबाट ९५ हजार १३६ जना पुगेको छ ।  

यस्तै, आज थप २७० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४७८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ । 

प्रतिक्रिया दिनुहोस