नेपाल स्टक एक्सचेन्जमा सिईओको लागि ११ जनाको आवेदन (नामावलीसहित)

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १७ : ३५
नेपाल स्टक एक्सचेन्जमा सिईओको लागि ११ जनाको आवेदन (नामावलीसहित)

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सिईओको लागि ११ जनाको आवेदन माग गरिएको छ । माग गरिएको अन्तिम दिन आचसम्म ११ जनाले आवेदन दिएका छन्। सरकारले रिक्त रहेको सीईओ पदको लागि आवेदन आह्वान गरेको थियो। अर्थ मन्त्रालयद्वारा गठित नेप्से सीईओ छनोट सिफारिस समितिले यही कात्तिक १३ गते सूचना जारी गर्दै आजसम्मको लागि आवेदन खुला गरेको थियो।

आवेदन दिनेमा डा रमेशकुमार भण्डारी, जीवन अम्गाई, प्रविन पन्दाक, बद्रीप्रसाद प्याकुरेल, कृष्णबहादुर कार्की, निरञ्जन फुयाल, दीपक गौतम, केशव बहादुर श्रेष्ठ, गोविन्द्र प्रसाद दुलाल, छविराज पन्त, रमेश घिमिरे रहेका छन्।

नेप्सेको सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजीबजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्छ । सीईओ पदका लागि आवेदन दिने आवेदक ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस