रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजारनजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मत्यु भएको हो । मृतक सबै माडी गाउँपालिका–६ का रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
त्यसैगरी घाइते हुनेमा माडी गाउँपालिका–६ का बीना घर्तिमगर र सोही वडाका पञ्चना विक रहेका छन् । घाइतेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ । जीप माडी गाउँपालिका–६ हान्डिङदेखि घर्तिगाउँ आउने क्रममा घर्तिगाउँ बजारनजिकै शहीद मार्गमा दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ कार्तिक २०७८, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते