काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी फेरि सल्बलाउन थालेको बताएका छन् । शनिबार पोखरामा आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् ।
संविधान च्यात्न खोज्ने प्रतिगमनकारीहरु काँग्रेस, माओवादी केन्द्र लगायतका पाँच दलीय गठबन्धनको आन्दोलनका कारण केहि हदसम्म परास्त भएको बताउँदै मन्त्री शर्माले फेरि पनि उनीहरु सल्बलाउन थालेको बताए । त्यस्ता तत्वलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुपर्ने उनले बताए । उनले भने, ‘प्रतिगमनविरुद्ध प्रेस जगतले भण्डाफोर गर्नुपर्छ । आदिवासी, जनजाति, दलित, महिला, उत्पीडित समुदायमाथि हुने दमन, विभेद र भ्रष्टाचारविरुद्ध प्रेसले भण्डाफोर गर्दै जनपक्षीय पत्रकारिता मार्फत अगाडि बढ्नुपर्छ ।’
अर्थमन्त्री शर्माले सरकारमा जानका लागि मात्र पाँच दलीय गठबन्धन नबनेको बताए । उनले लोकतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि गठबन्धन बनेको बताए । सरकारले प्रेसमाथि अंकुश नलगाउने बताउँदै मन्त्री शर्माले प्रदेशहरूमा प्रेसलाई अंकुश लगाउने गरि विधेयक आएकाले त्यसलाई सच्याउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ कार्तिक २०७८, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा