एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदुषण उच्च भएको छ । प्रदूषण खतरनाक रुपले बढेपछि त्यहाँको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ ।
शुक्रबार बेलुका ४ बजे दिल्लीको हावाको गुणस्तर ४७१ एक्युआई थियो । शनिबार बिहान अझ बढेको यो इन्डेक्स यो समाचार चयार गर्दा (१२ बजे सम्म ) ५६४ मा छ । अहिले दिल्ली संसारकै एक नम्बर प्रदूषित शहरको रुपमा रहेको छ ।
बोर्डले हावाको गुणस्तर खराब भएपछि गम्भीर रोगी, स्वास–प्रस्वासका बिरामी, बालबच्चा, गर्भवती र बुढाबुढीहरुलाई कम्तिमा आउँदो दुई दिनसम्म घरबाहिर ननिस्कन चेतावनी दिएको हो ।
दीपावलीको बेलादेखि यसपालि बढ्दै गएको त्यहाँको वायु प्रदूषण अझै केही दिन कायम रहने बताइएको छ । नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर अझ खराब हुन सक्ने अनुमान गरिएको छ ।
वायु प्रदूषण उच्च भएपछि बोर्डले सरकारी र निजी कार्यालयका कर्मचारी तथा सवारी साधन ३० प्रतिशतले अल्पकालीन कटौती गर्न समेत सुझाव दिएको छ । साथै राज्य र स्थानीय निकायले आपतकालीन उपाय अपनाउनु पर्ने, स्कुलहरु केही समय बन्द गर्नु पर्ने र निर्माण कार्य समेत रोक्नुपर्ने सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ कार्तिक २०७८, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
हावाको गतिले घटायो वायु प्रदूषण
कहिले हट्छ काठमाडौँको वायु प्रदूषण ?
पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन