काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् ।
माओवादी केन्द्र भोजपुुरले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वाेच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझाधारणा छिट्टै बाहिर ल्याउँछौँ ।’
अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने धारणा राखे । स्थानीय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधानअनुसार छ महिना अघिपछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए । सकेसम्म एकैपटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगिने उनको भनाइ छ । पूर्वाञ्चल कम्युनिष्ट आन्दोलनको उर्वभरभूमि रहेको उनले झापा विद्रोहलगायत ठूलठूला आन्दोलनहरू पूर्वबाटै सुरु भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड