काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् ।
बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०२–०४१प २००० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा पछाडि सवार घाइते इटहरी–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ कार्तिक २०७८, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते