चितवन । कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो ।
बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।
‘यात्रु सामान्य घाइते छन् । चार/पाँच जना यात्रु त आफूखुसी उपचार गर्न जानुभएछ । बसभित्रबाट प्रहरीले उद्दार गरेका ४० जनाको अवस्था पनि सामान्य छ’, उनले भने, ‘चालकसँग सोधपुछ गरेका छाैँ । चालक पनि सामान्य घाइते छन् । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।’ बसका चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते