काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्न्त्री डा बाबुराम भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो छोरी मानुषी अध्ययनको लागि बेलायत गएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए । ओलीले भट्टराईले छोरीलाई ठूलो खर्चमा बेलायत पढाएको दावी गरेका थिए ।
डा भट्टराईले ट्वीट गर्दै ओलीलाई जवाफ फर्काएका थिए । उनले ट्वीटमा ओलीलाई भनेका छन्, ‘जनयुद्धकालपूर्व नै छोरी मानुषी सात वर्ष हुँदा आमा हिसिलासँग बेलायत गएकी थिइन्, त्यसयता बेलायत पढ्न गएकी भन्नेकुरा प्रमाणित गरेर देखाउनूस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ कार्तिक २०७८, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप